सिँचाइ अभाव र युवाको पलायनसँगै बाझिँदै जग्गा
काठमाडाैं | भदौ १८, २०७९
मोरङ । आठ दश वर्षअघिसम्म लटरम्म तोरी र मकै फल्ने बारी अहिले सिँचाइको अभावले बाझिँदै गएका छन् । आकासे पानीको भरले थामेको मोरङको लेटाङ नगरपालिका – १ को राजारानी क्षेत्र बाझिँदै गएको हो ।
यस क्षेत्रमा धान रोप्ने चलन पहिलेदेखि नै थिएन तर तोरी र मकै चाँहि राम्रै फल्ने गरेको बताउनुहुन्छ ७६ वर्षीया आशमाया मगर । खेतबारीमा राम्रो उब्जाउ हुन छाडेपछि यहाँका युवा वैदेशिक रोजगारीमा खाडी मुलुक जान थाले । “रोप्न सके कोदो त अलिअलि फल्थ्यो तर कसले रोप्ने सबै युवा विदेश गए”, आशमायाले दुःखेसो गर्नुभयो ।
राजारानी क्षेत्रमा करिब एक सय २० रोपनी जग्गा छ तर अधिकांश जग्गा बाँझै छ । करिब ४० रोपनी जग्गामा केरा खेती लगाइएको छ तर त्यसको उत्पादन पनि राम्रो नभएको स्थानीय दीपक मगरले बताउनुभयो । बाँकी रहेको करिब ८० रोपनी जग्गा बाँझै रहेको छ । खानेपानीको समेत समस्या भर्खरै मात्रै समाधान हुँदै गएको यस क्षेत्रमा सिँचाइको समस्या समाधान गर्न मुस्किल रहेको मगरको बुझाइ छ ।
यस क्षेत्रमा कृषि प्राविधिक खटाएर पकेट कार्यक्रम लागू गर्नुपर्ने स्थानीय दलबहादुर मगरको बुझाइ छ । केरा वा कोदो पकेट कार्यक्रम लागू गरेर सरकारीस्तरबाट सहयोग गरे पर्यटकीय क्षेत्रको रुपमा रहेको
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

